कुनै व्यक्ति, संस्था, कार्यालय वा निजको प्रतिनिधिले आफ्नो स्वामित्वमा रहेको नक्सा प्रिन्ट लिनको लागि देहाय बमोजिमको कागजात संलग्न गरी कार्यालयमा निवेदन पेश गर्न सक्नुहुनेछ ।
- जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि,
- नागरिकताको प्रतिलिपि,
- प्रिण्ट माग हुने कित्ताका लागि तोकिएको राजश्व बुझाएको रसिद,
- वित्तीय संस्थाले वित्तीय प्रयोजनका लागि माग गरेको भए उक्त संस्थाले अनिवार्य रुपमा मेरोकित्ता अनलाईन प्रणालीबाट निवेदन पेश गर्नुपर्ने,
- सरकारी निकायले माग गरेको भए गा.वि.स./गा.पा. /न.पा., नक्सा नम्बर सीट नम्बर र कित्ता नम्बर स्पष्ट उल्लेख गरी प्रयोजन समेत खुलाईएको पत्र,