नापी कार्यालय खोटाङबजार नेपाल सरकार, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत भूमि प्रशासन प्रणालीको एक महत्वपूर्ण सरकारी निकाय हो। यस कार्यालयको स्थापना वि.सं. २०७३ सालमा भई, प्रचलित कानून, नियम तथा कार्यविधि बमोजिम जग्गा प्रशासन सम्बन्धी कार्यमा भूमि प्रशासन कार्यालयलाई प्राविधिक सहयोग प्रदान गर्दै आईरहेको छ।

यस नापी कार्यालयले हाल खोटेहाङ गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका तथा वराहपोखरी गाउँपालिका भित्रका साविक २१ गा. वि. स. को कार्यक्षेत्र ओगटी जग्गा नापजाँच, सिमाङ्कन, क्षेत्रफल यकिन, कित्ताकाट र सोको अभिलेख व्यवस्थापन सम्बन्धी कार्यहरू सञ्चालन गर्दै आएको छ।